
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय भित्रको बतास कम्पनीले निर्माण गरिरहेको रेष्टुरेन्ट आइतबार १२ बजेभित्र नहटाए आफू आँफैले हटाउने चेतावनी दिएका छन् ।
शुक्रवार मन्त्री आलेले निर्माणधीन रेष्टुरेन्ट हटाउन ३ दिनको म्याद दिँदै उक्त समयसीमा भित्र हटाइसक्न निर्देशन दिएका हुन् । उनले बतास अर्गनाइजेसनलाई भनेका छन्, ‘तीन दिनभित्र संग्राहलयभित्र संरचनाहरु हटाउन हटाउनुस् । यदि आइतबार १२ बजेभित्र हटाउनु भएन भने म आफैं पुगेर हटाउनेछु।’
यसअघि निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नारायणहिटी भित्र रेष्टुरेन्ट संचालन गर्न अनुमतिसहित अत्याधिक सस्तो मूल्यमा जग्गा प्रदान गरेको थियो ।
उक्त स्थानमा रेरष्टुरेन्ट संचालनका लागि भवन तथा संरचना निर्माण गर्न बतास अर्गनाइजेसनले ठेक्का पाएको थियो । संग्रहालयमा रेष्टुरेन्ट संचालन गर्नु गलत भएको भन्दै मन्त्री आलेले यसअघि पनि बताएका थिए ।







