
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा अगामी आइतवार भारत भ्रमणमा जाने भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।
पाँचौँ पटक प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो भारत भ्रमण हो भने प्रधानमन्त्री देउवा गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’ मा भाग लिन भारत भ्रमणमा जान लागेका हुन् ।
सो भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।







