January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

झलनाथसँग चिनियाँ राजदूत यान्छीको भेट

 नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाल अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे अध्ययन गर्न सरकारले बनाएको कार्यदलमा छन् ।

उनीसहित नेपाली काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ कार्यदलमा छन् ।४ पौषमा बनेको कार्यदलले एमसीसीका बुँदाहरुमा छलफल गरेर निष्कर्ष बुझाउने भएको छ । कहाँ कहाँ संशोधनको आवश्यकता छ र समस्या छ भन्नेबारे सरकारलाई जवाफ दिनेछ ।

सरकारको कार्यदलमा रहेका एक नेतालाई भने चिनियाँ राजदूत होउ यान्छीले निवासमै पुगेर भेटेकी छिन् । कार्यदलले ठोस निष्कर्षमा पुगेर सरकारलाई सुझाव बुझाउने बेला नजिकिदै गर्दा यान्छीले खनाललाई भेटेकी हुन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

यान्छीले फेरि कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुलाई घरमै पुगेर भेट्न थालेकी छिन् । एमसीसीबारे सत्तापक्षमा निर्णय दिने समय नजिकिदै गर्दा यान्छीले खनाललाई भेट्नुले तरंग ल्याएको छ ।

शीर्ष समाचार

धेरै पढिएको