January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

त्रिविको खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सर्वोच्चको आदेश

काठमाडौं, त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गते प्रकाशित सूचनाअनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरेको हो ।

त्रिविले खुला प्रतिस्पर्धाबाट सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्ति गर्ने गरी उक्त सूचना जारी गरेको थियो । अदालतले विश्वविद्यालय सभाले २०७८ मङ्सिर १४ को निर्णयबाट संशोधित शिक्षक कर्मचारी सेवासम्बन्धी नियमले पनि सूचना भइसकेको खुला प्रतिस्पर्धालाई असर नगरेको भन्दै प्रक्रिया अघि बढाउन आदेश गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको