April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

आश्रा कुँवर एण्ड प्यारावल्सले इजिप्टमा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौं– भ्वाइस अफ नेपाल सिजन ! (क्वार्टर फाइनलिस्ट) आश्रा कुँवर र उनको ब्यान्ड ‘आश्रा कुँवर एण्ड प्यारावल्स ब्यान्ड’ले यस वर्ष २०२२ जनवरीमा बिश्व म्यूजिकल थिएटर इजिप्टमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

World Musical Theater, Sharm El sheikh, Egypt, 2022) साङ्गीतिक कार्यक्रममा विभिन्न तीस भन्दा बढी देशको प्रतिनिधित्व गर्दै आएका संगीतकर्मीले आआफ्नो सांगीतिक प्रस्तुति दिनेछन् भने कार्यक्रममा इजिप्टका प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहनेछ।

नेपाल र नेपालीहरु को प्रतिनिधित्व गर्दै आफू र आफ्नो ब्यान्डले सहभागिता जनाउन पाउँदा खुसी भएको आश्राले बताउनुभयो ।विश्व म्यूजिकल थिएटर इजिप्टमा आश्रा कुँवर र उहाँको ब्यान्डको सहभागिताले नेपालको गीतसंगीत, कला र संस्कृति विश्वले अझै नजिकबाट चिन्न सक्नेछ त्यस्तै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ । file photo

शीर्ष समाचार

धेरै पढिएको