August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

अङ्ग्रेजी नयाँ वर्ष प्रारम्भ: आज राष्ट्रिय टोपी दिवस मनाइँदै

काठमाडौं, ग्रेगोरियन पात्रोअनुसार आजबाट नयाँ वर्ष (अंग्रेजी नयाँ वर्ष) इस्वी सन् २०२२ सुरु भएको छ । इसाई धर्मका प्रवर्तक जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको हो ।

आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालमा राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । बर्सेनि नेपाली टोपीको प्रवर्द्धनका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउन खुबै रुचाउँछन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

यसदिन जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर यसदिन उपहार दिएको संस्कृतविद्को भनाई छ ।

यसैगरी भाद्गाउँले टोपी र ढाका टोपी नेपाली टोपीका रुपमा परिचित भए पनि नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको