बारामा क्षति मूल्यांकनकर्ता सम्बन्धि तीन दिने प्रशिक्षण सम्पन्न

बारा, बारामा कृषि तथा पशुपंक्षी बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धि तीन दिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बाराको कलैयास्थित होटल कर्णराजमा हिमालयन जनरल ईन्स्योरेनस कम्पनीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सोही अवसरमा बाली पशुपन्क्षी बीमा निर्देशिका २०७७ ले व्यवस्था गरेको छ । जसमा कृषकले बीमा गरेपछि हुने क्षेती दुई लाख भन्दा बढीको भयो भने क्षति मूल्यांकनकर्ताले मात्र मूल्यांकन गर्न पाउनेछ । विभिन्न निर्जीवन बीमा कम्पनीहरुले पनि क्षति मूल्यांकनकर्ताको तालिम संचालन गरि रहेका छ्न ।
कृषि विभागका बरिस्ठ कृषि प्रसार अधिकृत तथा बाली बीमाका फोकल पर्सन शिव सुन्दर धिमेरेले विगतका दिन भन्दा अहिले बाली बीमाको व्यापकता बढ्दै गएको र नेपाल सरकारले पनि यसलाई प्राथमिकतामा राख्दै गएको, समय सापेक्ष देखा परेका समस्या र जटिलतालाई हटाइ र बाली बीमालाई सहज बनाउन सधैं प्रयासरत रहेको बताएका छन् ।
यसैगरी कृषि पेशा तथा व्यवसायलाई गतिलो बनाउन अहिले बाली बीमा किसानहरुको लागि धेरै नै राहतको विषय भएको हिमालयन जनरल ईनस्योरेनस कम्पनीको क्षेत्रीय हेड मनोहर अधिकारीले बताए । नेपाल सरकारले हाल कुल बीमा शुल्कको ८०% अनुदान दिने गरेको छ ।
प्रशिक्षणमा प्रमुख प्रशिक्षकको कृषि विभागका बरिस्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर धिमेरे, बीमा समितिबाट प्रकाश दहाल र हिमालयन ईनस्योरेन्सका मनोहर अधिकारी,हरिगोपाल श्रेष्ठ सहित २८ जना सहभागीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्