August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

मनाङमा हिउँपहिरोमा परी एक बेपत्ता

file photo

मनाङ, मनाङमा हिउँपहिरोमा परी एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार हिमपहिरोमा परी नासोँ गाउँपालिका–४ ओडारको फेम्रो जंगलमा ५५ वर्षीय आच्यु गुरुङ बेपत्ता भएको हो ।

हाल उनको खोजीकार्य जारी राखिएको छ । तीन दिनसम्म निरन्तर हिमपात हुँदा मनाङको जनजीवन कष्टकर बनेको छ ।

यसैगरी मनाङको सदरमुकाम चामेसहित माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । सोमबारबाट लगातार परेको हिमपातका कारण तापक्रम माइनस १२ डिग्रीसम्म पुगेकाले जनजीवन प्रभावित बनेको छ ।

शीर्ष समाचार

धेरै पढिएको