खाने तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक अझै सम्पर्कविहीन

काठमाडौं, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट बुधबार ट्याङ्कर त्रिशूलीमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर हिजो साँझ त्रिशूलीमा खसेको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
उनका अनुसार ट्याङ्करका चालक र सहचालक अझै सम्पर्कविहीन रहेका छन् । ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ । यसैगरी सो घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको थियो ।
प्रतिकृया दिनुहोस्