April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

काेरियाले नेपाली श्रमिक लैजाने प्रक्रिया बढायाे

बासुदेव भट्ट,

रोजगार अनुमति प्रणाली “ईपिएस” अन्तर्गत दक्षिण काेरिया नेपाली श्रमिक लैजाने प्रक्रिया निरन्तर अगाडि बढिरहेको छ । कात्तिक १० गते पहिलो चरणमा ४८ जना दोस्रो चरणमा मंसिर ८ गते ८१ जना तेस्रो चरणमा मंसिर २७ गते १२२ जना र पौष ७ गते १३८ जना नेपाली कामदार कोरिया उडेका थिए ।

सोहि क्रमलाई निरन्तरता दिदैं पाचौं चरणमा पौष १९ गते (जनवरी ०३) मा ७४ जना नियमित र ९६ जना प्रतिबद्ध गरी १७० जना कामदार कोरिया उड्ने भएका छन् ।बुधबार उक्त १७० जना नयाँ र कमिटेड कामदारहरुको नामावली इपिएस कोरिया शाखा ललितपुरले एक सुचना जारी गर्दै प्रकाशित गरेको छ ।

कोभिड १९ का कारण झण्डै दुई बर्षपछि सुरु भएको नेपाली कामदारहरु दक्षिण कोरिया लैजाने प्रक्रिया अन्तर्गत पहिलो चरणमा प्रतिबद्ध कामदार लिन सुरु गरेपछि त्यसपछिका चरणमा भाषा परिक्षा उतिर्ण गरि प्रक्रिया पुरा गरेका नेपाली श्रमिक पनि लैजान काेरियाले सुरु गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको