August 11, 2022, Thursday
२०७९ श्रावण २६, बिहीबार

सुडानमा सुनखानी दुर्घटना : ३८ जनाको मृत्यु

खार्तुम, पुस १४ गते । दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ । सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् ।

दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात् विस्फोट भएको थियो ।

खानीमा अकस्मात् विस्फोट भएको र त्यसपछि भत्किएको थियो । गाेरखापत्रबाट

त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको