September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

थप २१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८५ पुगेको छ।

आइतबार २८३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९०६ सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ७ हजार १८० पीसीआर तथा २ हजार ४९७ एन्टिजेन परीक्षण भएको छ।

शीर्ष समाचार

धेरै पढिएको