January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

लिखु मुनाल युवा क्लबको तेस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा सबिन थापा चयन

रामेछाप, जिल्लाको लिखु मुनाल युवा क्लबको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । सोही साधारणसभाबाट अध्यक्षमा सबिन थापा सर्वसम्मत चयन भएका हुन ।

दुई कार्यकाल सचिब रहेका थापासहित सचिबमा राजकुमार बस्नेत, कोषाध्यक्षमा सरिता मगर र सह-सचिबमा सुनिता महत चयन भएका हुन् ।

यसैगरी क्लबको सल्लाहकारमा भिम बहादुर राउत, रबिन तामाङ, ऋषिराम राउत, चोकेन्द्र राउत, तेज बहादुर अधिकारि चयन भएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको