गुगललाई पछि पार्दै टिकटक बन्यो लोकप्रिय अनलाइन गन्तव्य

काठमाडौं, हाल गुगललाई पछि पार्दै टिकटक अनलाइनमा सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ । मानिसहरुले सर्च इन्जिनभन्दा धेरै टिकटक हेर्न थालेको सूचना प्रविधि सुरक्षा कम्पनी क्लाउडफ्लेयरले जनाएको छ ।
क्लाउडफ्लेयरका अनुसार क्लाउडफ्लेयर राडार प्रयोग गरेर विश्वव्यापी वेब सञ्जालको निगरानी गर्दा यस वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा र गत अगष्टयता गुगललाई पछि पार्दै टिकटक पहिलो स्थानमा पुगेको हो ।
अघिल्लो वर्ष गुगल पहिलो स्थानमा थियो भने टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स पनि शीर्ष १० मा अटाएका थिए ।
यसैगरी कम्पनीका अनुसार टिकटक व्यापक मात्रामा हेरिनुको एउटा कारण कोभिड–१९ को महामारी पनि हो । गत जुलाईसम्ममा टिकटक ३ अर्बभन्दा धेरैपटक डाउनलोड भइसकेको छ । टिकटकका हाल मासिक एक अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन् । एजेन्सी
प्रतिकृया दिनुहोस्