April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

सरकारी निवासमै एसएसपी यादव झुण्डिएको अवस्थमा मृत फेला,बुवा-आमा घटनास्थल पुगे

भैरहवा- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेको छ ।शुक्रबार बिहान ११ बजे अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जनकारी दिए ।

संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरिएको थियो । घटनाको विस्तृत अनुसन्धान भइरहेको तिवारी बताए। उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

सरकारी निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि मात्र निकालिने त्यहाँ प्रहरीले जनाएको छ। यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने अनुमान गरिएको छ भने उनका बुवा-आमा घटनास्थल पुगिसकेको जनाइएको छ ।

उनी शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। आफ्नै कार्यालयको क्वार्टरमा बिहीबार दिउँसो १२:४५ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको