April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

झापाको दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

झापाको दमकस्थित सरकारी दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणपछि हस्ताण्तरण गरिएको छ । अक्सिजन उत्पादनको परिक्षण गरेर सफल भएपछि दमक नगरपालिका मातहतको दमक अस्पतालले अक्सिजन प्लान्टको जिम्मा लिएको हो ।

विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्ष समेत रहनुभएका दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनुभयो । डेढ बर्ष अघिदेखि सो काम शुरु भएको थियो ।

कम्तिमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने जनाएको छ । प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नहुने अधिकारीले जानकारी दिए ।

अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक बेडमा पाइपलाइनबाट अक्सिजन पुगाउनेछ ।२०७३ सालमा हेल्थपोष्टबाट स्तरउन्नति भएर १५ शैयाको दमक अस्पताल बनेको हो ।

शीर्ष समाचार

धेरै पढिएको