April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

मौसम पुर्वानुमान: हिमाली क्षेत्रका केहि हल्का हिमपातको सम्भावना

file photo

काठमाडौं, तराईका भूभागहरुमा बिहानको समयमा हुस्सुकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा  रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले चिसो बढेसँगै त्यसबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले शुक्रवार देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेकोले आज देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ भने देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी राति पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको