April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

महँगो डिमाण्ड शुल्क असुलीपछि विद्युतीय बस सञ्चालन अवरुद्ध

काठमाडौं, विद्युतीय बस चार्ज गर्न प्रयोग गरिएको चार्जिङ स्टेशनमा नेपाल विद्युत प्राधिकरणले महँगो डिमाण्ड शुल्क असुल्ने गरेपछि विद्युतीय बस सञ्चालन अवरुद्ध भएको छ ।

चार्जिङ स्टेशन निर्माणपछि पोइन्ट सात हजार ४११ रुपियाँ शुल्क असुल्न थालेपछि नोक्सान व्यहोर्नुपर्ने भन्दै बस सञ्चालन गर्न समस्या भएको हो ।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाका अनुसार विगत दुई वर्षदेखि सात वटा विद्युतीय बस सञ्चालन गर्दै आएको उक्त यातायातले यसै साता २० वटा थप गरी सञ्चालन गर्ने तयारी गरे पनि प्राधिकरणको अवरोधका कारण बस सञ्चालनमा समस्या भएको छ ।

चार्जिङ स्टेशन बनाउन ढिलाई गरेपछि सुन्दरले धुम्बाराहीमा स्टेशन निर्माण गरी बस चार्ज गरेर सञ्चालन गर्दै आएको थापाले सञ्चारमाध्यमसँग बताए । तर प्राधिकरणले चार्ज बापत प्रतियुनिट ६ देखि ८ रुपियाँसम्म शुल्क लिएर पनि थप डिमान्ड शुल्क भन्दै रकम असुल्ने गरेको उनको गुनासो छ ।

यसैगरी विद्युत खपत बृद्धि गर्ने लक्ष्य प्राधिकरणको भएका कारण डिमान्ड शुल्क मिनाहा गर्न मन्त्रालयमा प्रस्ताव लाने तयारी गरेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको