August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

भगाई लगेको प्रेमिका माइतीपक्षले खोसेपछि वेपत्ता चन्द्रे कामी भेटिए

काठमाडौं, ७ पौष । एक हप्ता देखि वेपत्ता हुम्लाका युवक चन्द्रे कामी भेटिएका छन् । उनी खार्पुनाथ गाउँपालिकामा भेटिएको प्रहरीले जनाएको छ ।चन्द्रेले मुगुको सोरु गाउँपालिकाकी रमिला मल्ललाई भगाएर लगेका थिए । त्यसपछि माइती पक्ष २९ मसिरमा घरमै पुगी खोसेका थिए ।

माइती पक्षको ठूलो समूह पुगेर चन्द्रेमाथि पनि कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । त्यसपछि चन्द्रे पनि वेपत्ता भएका थिए । उनको स्थिति सार्वजनिक गर्न प्रहरीमाथि दबाब बढेको थियो ।

चन्द्रेलाई खोज्न ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । उनी बाटोमा हिंडिरहेको अवस्थामा फेला परेको जनाइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको