आजको राशिफल: कस्तो रहनेछ तपाइँको भाग्य?

काठमाडौं, आज श्री शाके १९४३ बि.स.२०७८ साल पुस ७ गते बुधबार । इश्वी सन २०२१ डिसेम्बर २२ तारीख पौष कृष्णपक्ष तृतीया तिथी ।
राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भुमि एवं वाहन सुख मिल्नेछ । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । नोकरीमा उन्नति मिल्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।
प्रतिकृया दिनुहोस्