December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

युरिया मलको अभाव

इनरुवा, सुनसरीमा कृषकलाई धान बालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, कोशी, भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकाकालगायतका कृषकलाई धानबालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको छ ।

ठुलो लगानी र कडा मिहेनत गरेर धानखेती गरे पनि नेपाली बजारमा युरिया मलको अभाव भएको स्थानिय बताउछन ।

कोरोना भाइरसको महामारीको कारण ठूलो आर्थिक नोक्सान बेहोरेको कृषकले अहिले आएर धानखेती लगाए पनि समयमा युरिया मल नपाएकाले झन समस्यामा पारेको छ ।


कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सिमाना सिल गरेकाले भारतीय युरिया मलसमेत ल्याउनका लागि समस्या भएको कृषकले बताएका छन् । पर्याप्तमात्रामा युरिया मल बजारमा नपाएका कारणले उत्पादनमा कमी आउने कृषकले बताएका छन् । अहिले बजारमा युरिया मलको अभाव भएको साल्ट ट्रेडिङ विराटनगरका प्रमुखले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको