April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

सर्वोच्च परिसरमा प्रदर्शन नगर्न कानुन व्यवसायीलाई जबराको चेतावनी

काठमाडौं, सर्वोच्च अदालत प्रशासनमार्फत आन्दोलनरत कानून व्यवसायीहरुलाई सर्वोच्च परिसरमा प्रदर्शन नगर्न
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनेको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष श्रेष्ठले सञ्चारमाध्यमसँग भने, ‘मलाई सर्वोच्च अदालत प्रशासनबाट हिजो फोन आएको थियो । उहाँहरुले सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न भन्नुभयो । अदालतको कामकारवाहीमा प्रभाव पर्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको निर्देशनमा उहाँहरुले हाम्रो प्रदर्शनमा अवरोध गर्न खोज्नुभएको होला । तर प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म हाम्रो कार्यक्रम यथावत रहन्छ ।’

यसैगरी कानून व्यवसायीहरुले नेपाल बार एसोसिएसनको अगुवाइमा प्रत्येक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको