April 2, 2023, Sunday
२०७९ चैत्र १९, आईतवार

मौसम पुर्वानुमान: पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

file photo

काठमाडौं, हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । 

यसैगरी भोलि बुधबार पहाडी भेगमा आंशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका केहि ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै बिहीबार देशका पहाडी भू-भागहरूमा हल्का बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ भने गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शीर्ष समाचार

धेरै पढिएको