April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार

काँग्रेसको खुल्लातर्फ केन्द्रीय सदस्य जितेकाहरू (नामावलीसहित)

नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना निर्वाचित भएका छन् ।

डा. शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए ।सबैभन्द बढी मत ल्याउने डा. सशांक कोइराला तटस्थ भूमिकामा थिए । बढी मत ल्याउने १० जनामा एकजनामात्र शेखर कोइराला पक्षका छन् ।

बढी मत ल्याउने २० जनामध्ये ४ जनामात्र शेखर पक्षका छन् । १५ जना देउवा पक्षका र १ जना तटस्थ छन् । देउवा इतर समूहका कतिपय नेताहरुले कठिन जित हासिल गरे ।

फरक पक्षधर निर्वाचित केन्द्रीय सदस्यको स्थानसहित

१. डा. शशांक कोइराला – ३८३६

देउवा पक्ष २. एनपी साउद – २९३७ ३. बालकृष्ण खाँण – २८७९ ४. उदय शमशेर राणा – २८४३ ५. रामहरी खतिवडा – २८३२ ६. ज्ञानेन्द्र बहादुर कार्की – २८२० ७. रमेश लेखक – २७८० ८. शंकर भण्डारी – २७६८ ९. जिपछिरिङ्ग लामा – २७०२ ११. जितजंग बस्नेत – २५५७ १२. गोपालमान श्रेष्ठ – २५३८ १३. मोहनबहादुर बस्नेत – २४७६ १४. सुनिलबहादुर थापा – २४७२ १५. नैनसिंह महर – २४६७ १९. गोविन्द भट्टराई – २३५० २०. कुन्दनराज काफ्ले – २२७९ २२. सुरेन्द्रराज पाण्डे – २२०१ २३. पदमनारायण चौधरी – २०३८ २४. राजिव ढुंगाना – १८९६ २५. गुरु बराल – १८७० २८. मदनबहादुर आमात्य – १८३० ३०. गणेश लामा–१७८२ ३१. दिनेश कोइराला – १७८१ ३२. उमेशजंग रायमाझी –१७७६ ३३. मोहन आचार्य – १७५१ ३४. डा. गोपाल दहीत – १७१० शेखर कोइराला पक्ष १०. अर्जुननरसिंह केसी – २६५० १६. दिलेन्द्र प्रसाद बडु – २४४१ १७ डा. रामशरण महत – २४३४ १८. बलबहादुर केसी – २३८८ २१. दीपक गिरी – २२६५ २६. सञ्जयकुमार गौतम – १८६७ २७. गोविन्दराज पोखरेल – १८४३ २९. अजय बाबु शिवाकोटी – १८११ ३५. कृष्णकिशोर घिमिरे – १७०

शीर्ष समाचार

धेरै पढिएको