बुद्ध एयर : कतै फुटेको, कतै टेपले टालेकाे

काठमाडौं । बुद्ध एयरले आफ्नो विज्ञापनमा प्रयोग गर्ने जहाज निकै आकर्षक देखिन्छन् । झट्ट विज्ञापन हेर्दा लाग्न सक्छ–यसका विमान निकै नयाँ र चुस्त छन् ।

तर, यथार्थता भने ‘आनको तान’ फरक छ । आफूलाई देशकै अग्रणी वायुसेवा कम्पनी दाबी गर्ने बुद्ध एयरका कतिपय जहाजको हालत यति नाजुक छन् कि तिनले विमानको नभएर काठमाडौंका सार्वजनिक सवारी साधनको झल्को दिन्छन्।

बुद्धको ९ एन–एएमडी कलसाइनको एटिआर ७२ जहाज त्यस्तैमध्येको एक हो । यो जहाज बरोबर यात्रु बोकेर आकाशमा ओहोरदोहोर गरिरहेको हुन्छ । तर, यसको सिट मात्र होइन, बाहिरी भाग नै पटक्क फुटेको छ ।

बुद्धले यो जहाज सन् २०१७ मा फ्रान्सको आन्तरिक वायुसेवा कम्पनी एयर क्यालिडोनीसँग खरिद गरेको हो । जसलाई एयर क्यालिडोनिले सन् २००६ मा खरिद गरेको थियो । यस हिसाबले यो जहाजको जहाज १५ वर्ष पुरानो भइसकेको छ।

लामो समयदेखि यो विमान नाजुक अवस्थामा रहे पनि मर्मत गर्न बुद्धले आवश्यक ठानेको छैन । फुटेका बाहिरी भाग र सिट खेलौनाजस्तो गरी टेपले टाँसिएको प्रष्ट देख्न सकिन्छ ।nepalwach


प्रतिकृया दिनुहोस्