November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

पूर्वमेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त


काठमाडौं, नेपाली काँग्रेस पार्टी धनुषाका नेता एवं जनकपुर नगरपालिकाका पूर्व मेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । जनकपुरका प्रसिद्ध समाजसेवीसमेत रहनुभएका गिरीको ७३ वर्षको उमेरमा यही साउन २७ गते राति काठमाडौँको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काँग्रेसले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । काँग्रेसले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व गिरीले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको