January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

मलेसियामा सडक दुर्घटना : १० जनाको मृत्यु

मलेसियाको सेलान्गोर राज्यको एक राजमार्गमा शुक्रबार अबेर राति भएको दुर्घटनामा परी आठ बालबालिकासहित १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटनामा तीनवटा कार र एउटा ट्रक ठोक्किँएको थियो ।

रााति ११ः४२ मा एक संकट कल प्राप्त भएको सेलान्गोर फायर एण्ड रेस्क्यू डिपार्टमेन्टका निर्देशक नोराजाम खामिसले एक विज्ञप्तिमार्फत जानकारी दिएका थिए ।

यस दुर्घटनामा परी १७ जनाको ज्यान गएको जनाइए तापनि १० जनाको मृत्यु भएको पुष्टि भएको बताइएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने अन्य आठ जना बालबालिका रहेका छन् । बालबालिकामा पाँच केटा र तीन बालिका रहेका खामिसले बताएका छन् ।-सिन्ह्वा

शीर्ष समाचार

धेरै पढिएको