January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

नियम बनेलगत्तै परिवर्तन: हप्ता दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित

काठमाडौं, विभिन्न देशबाट नेपाल आउने यात्रुले एक साता होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको छ । अर्को सूचना नआउँदासम्मका लागि होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरिएको हो । 

अध्यागमन विभागले शुक्रबार सूचना प्रकाशित गरेर विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटलका क्वारेन्टिनमा बस्नुपर्ने जनाएको थियो । तर शनिबार नै सूचना जारी गर्दै हप्ता दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि लागू नहुने गरी स्थगित गरिएक हो ।

विभागले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिका, युरोपका देशहरु, मलेसियासहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने बताएको थियो ।

आज जारी गरिएको सूचनामा भनिएको छ, ‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटल क्वारेन्टिन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ ।’

शीर्ष समाचार

धेरै पढिएको