
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष पदाधिकारीमा बहुमत बनाउन सफल भएको छ । सभापतिसहित १३ पदाधिकारीमध्ये देउवा समूहको ८ जना निर्वाचित भएका छन् । डा. शेखर कोइराला समूहको ४ र प्रकाशमान सिंह समूहको १ जना निर्वाचित भएका छन् ।
सभापति देउवासहित उनको समूहबाट उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु किशोरसिंह राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव, फर्मूल्लाहा मन्सुर, भीष्मराज आङदम्बे र डीना उपाध्याय निर्वाचित भएका छन् । देउवा समूहले ८ मध्ये ६ सहमहामन्त्री जितेको छ ।
डा. शेखर कोइराला समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीहरुमा जीवन परियार, बद्री पाण्डे निर्वाचित भए । प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भए ।
देउवाले पदाधिकारीमा नै स्पष्ट बहुमत बनाउन सकेका छन् । यसबाट उनी काँग्रेसभित्र झन् बलियो भएको देखिएको छ ।
आफूविरुद्ध सभापतिमा प्रतिष्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिको समेत देउवाले साथ लिन सके । कोइराला परिवार विभाजित देखियो । यसले देउवा रणनीतिक रुपमा सफल भएका छन् ।
देउवा पक्षमा- ८
सभापति, शेरबहादुर देउवा उपसभापति, पूर्णबहादुर खड्का सहमहामन्त्री, किशोरसिंह राठौर सहमहामन्त्री, उमाकान्त चौधरी सहमहामन्त्री, महेन्द्र यादव सहमहामन्त्री, फर्मूल्लाहा मन्सुर सहमहामन्त्री, भीष्मराज आङदम्बे सहमहामन्त्री, डीना उपाध्याय छन् ।
कोइराला पक्षमा-४
उपसभापति, धनराज गुरुङ महामन्त्री, गगन थापा सहमहामन्त्री, बद्री पाण्डे सहमहामन्त्री, जीवन परियार छन् ।
सिंह पक्षमा– १
महामन्त्री, विश्वप्रकाश शर्मा छन् ।







