
तनहुँ, तनहुँको देवघाट गाउँपालिकाका दुई जना स्थानीय समुदायका व्यक्तिमा
कोरोना पुष्टि भएपछी गाउँपालिका एक साताको लागि सिल गरिएको छ । कोभिड-१९ न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखी गाउँपालिका सिल गर्ने निर्णय गरेको छ ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा देवघाट गाउँपालिका-५ का ५४ र ३० वर्षिया पुरुषलाई कोरोना पुष्टि भएको थियो । उक्त संक्रमीत ब्यक्ती धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्षले जानकारी दिएका छन ।
५४ वर्षिया संक्रमित धार्मिक ब्यक्ती हुन भने उनको सम्पर्कमा धेरै आएको पाइयो र स्थिति भयावह आउने आँकलन गरेर सिल गरेको अध्यक्ष बताउछन । उनका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ । सङ्क्रमित व्यक्तिले मङ्गलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएको छ । उनको सम्पर्कमा आएका ४३ जनाको बुधबार स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणको लागि भरतपुर पठाइएको छ ।
अर्का सङ्क्रमित ३० वर्षीय पुरुष काठमाडौँमा सरकारी जागिरे हुनुहुन्थ्यो । आफू कार्यरत कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ होमक्वारेन्टिनमा बसेका थिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले कन्ट्याक्ट ट्रेसिङ गरेर थप व्यक्तिको स्वाब सङ्कलन आइतबार गरिने जानकारी दिएका छन ।





