January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

बुद्ध एयरको जहाजमा यान्त्रिक गडबडी आएपछि आपतकालीन अवतरण

file photo

भरतपुर, बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । बुढा भरतपुरबाट उडान भरेको केही समयमै यान्त्रिक गडबडी आएपछि फेरि भरतपुरमै अवतरण गरेको हो ।

आज दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकले जानकारी दिएका छन् ।

उनका अनुसार जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् भने हाल अन्य कारणका बारेमा खोजी भइरहेको छ । बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको