
काठमाडौं, नेपालमा यस बर्ष हालसम्मकै सबैभन्दा बढी धान रोपाइँ भएको छ । गत बर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत वा ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ साउनसम्ममा भइसकेको छ ।
आवश्यकता अनुसार समयमै मनसुन सुरु भएको र कोरोना जोखिम शहरमा भन्द गाउँमा कम हुन्छ भन्ने मनसायले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रीत जसले गर्दा धान रोपाइँमा सकारात्मक प्रभाव पर्यो । कृषि तथा पशुपन्छी मन्त्रालयका प्रबक्ताका अनुसार अहिलेसम्मकै सबभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको र जनशक्तिको पर्याप्त उपलब्ध भएका कारण गत बर्षहरुका तुलनामा यसपटक बढी धान भइसकेको छ ।
मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा कोरोना भाइरस (कोभिड–१९)ले निम्त्याएको बन्दाबन्दी नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ ।
न्दाबन्दी भएका कारणले सहर बजारबाट धेरै मानिस गाउँघर पुुगेको र खेतीमा ध्यान दिएका कारण बढी क्षेत्रफलमा धान रोपाइँ सम्भव भएको प्रवक्ताको भनाइ छ । उहाँका अनुसार अझै रोपाइँ जारी पनि छ र यो वर्ष ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुनसक्छ । नेपालमा भदौको पहिलो सातासम्म रोपाइँ हुने गरेको छ ।





