
काठमाडौं, आगामी फागुन सात गतेदेखि सुरु हुने भनिएको पार्टीको केन्द्रिय महाअधिवेसनका लागि नेताहरु आन्तरिक तयारी तीब्र परेका छन । संस्थापन र इतर संस्थापन समुहले एक अर्काको खुट्टा तानेर अघि बढ्ने रणनीति अख्तियार गरेको पनि पाइएको छ ।
एकातिर संस्थापन समुहले फेरि पार्टी नेतृत्वमा कब्जा जमाउने रणनीति स्वरुप विभागहरुमा आफू नजिक व्यक्तिहरूलाई मनोनीत गर्ने गरि पार्टीका क्रियाकलाप आगाडी बढाइएको छ भने अर्कातिर संस्थापन इतर समुहले सभापति देउवाले पार्टी विधानको धज्जी उडाएको आरोप लगाउन थालेका छन ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गरेका छन । देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता हाबी रहेको पाइएको पौडेलले बताएका छन । देउवाको विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको कठोर टिप्पणी पनि पौडेलले गरेका छन ।







