काठमाडौं मंसिर २७ गते । गएकाे २४ घण्टामा नेपालमा ३४१ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २३६ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट ३१३ जना र एन्टीजेन परिक्षण विधीबाट २८ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । थप ३७६ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ९ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा काेभिड १९ का कारण मृत्युु हुनेकाे कुल संख्या भने ११ हजार ५५७ जना पुगेका छन् ।







