
तुल्सीपुर मङ्सिर २७ गते । तुल्सीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ । थप उपचारका लागि नेपालगंज रिफर कपुरकोट गाउँपालिका ३ निबासी ५२ बर्षका चन्द्र बहादुर खड्काको हिजो राति ८ बजे मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।
दुर्घटनामा परी परेर कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्काको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार ४ जना उपचारपछि घर फर्किएको र ११ जनाको नेपालगञ्जमा उपचार भइरहेको छ ।
तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ सिरखोला नजिक आईतवार अपरान्ह साढे चार बजे दुर्घटना भएको थियो ।
सवारी चालक चालक तुलसीपुर ३ का ३२ बर्षिय हेमराज खत्रीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ ।







