January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

मतदानका लागि प्रतिनिधि लाइनमा,केही बेरमा मतदान सुरु हुँदै

केही बेरमा मतदान सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहान ८.०० बजेबाट मतदान सुरू हुने भनिए पनि क्रही ढिलाे हुने भएकाे छ ।

काँग्रेसको एक सभापतिसहित १३ पदाधिकारी र एक सय २१ केन्द्रीय सदस्यहरु गरि जम्मा एक सय ३४ पदका लागि निर्वाचन हुन लागेको हो । भृकुटीमण्डपमा दुई र राष्ट्रिय सभा गृहमा एक गरि तीन मतदान केन्द्रबाट चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्नुहुने निर्वाचन समितिले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको