January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

सरसफाई तथा सुन्दरता अभियानको १०१औँ हप्ता कार्यक्रम भव्यताका साथ सम्पन्न

ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानले १०१औँ हप्ता सरसफाइ कार्यक्रम भव्यताका साथ मंसिर २५ गते शनिबार सम्पन्न गरेको छ । सो अवसरमा कुपण्डोल हुनमानमार्गदेखि पुल्चोक इन्जिनियरिङ कलेजसम्मको सडक क्षेत्रमा सरसफाइ गरिएको थियो । कार्यक्रममा स्थानीयबासी, संघसंस्था र जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

“हामीले १००औँ हप्ता सरसफाई कार्यक्रम भव्यताका साथ सम्पन्न गरिसकेका छौँ” ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानका संयोजक लक्ष्मीप्रसाद गेलालले भन्नुभयो ।

महिला वातावरण विज्ञ एवं महिला वातावरण समूहकी अध्यक्ष अञ्जु शाह सिंहले प्रत्येक घरका महिलाले मात्रै होइन परिवारका अन्य सदस्यले समेत फोहोरमैलाका क्षेत्रमा जागरुक हुन सकेको खण्डमा मात्रै सरसफाइ हुने र वातावरणमैत्री समाजको नारा साकार हुने धारणा व्यक्त गर्नुभयो ।सरसफाई कार्यक्रममा स्थानीयबासी, जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा वातावरणप्रेमीहरू गरी करिब ४०० जनाको उपस्थिति रहेको थियो ।


अभियानले गतहप्ता १००औँ हप्ताको अवसरमा ललितपुर महालक्ष्मीथानस्थित डिलाइट पार्टी भेन्युमा अभियानमा प्रत्यक्ष परोक्ष रूपमा सहयोग पु¥याउने १५० जना व्यक्ति तथा संस्थालाई सम्मानीत गरेको थियो ।

निरन्तर रूपमा गरिने यस्ता किसिमका कार्यले सरसफाइ क्षेत्रमा खास अर्थ राख्ने धारणा राख्दै प्रमुख अतिथि उर्जा मन्त्री पम्फा भुसालले आगामी दिनमा समेत अभियानका कार्यहरूमा आफ्नो निरन्तर सहयोग र सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शीर्ष समाचार

धेरै पढिएको