January 22, 2022, Saturday
२०७८ माघ ८, शनिबार

रावललाई नसमेटी ओलीले प्रस्ताव गरे ४५ सदस्यीय स्थायी कमिटी,सूचीसहित

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी गठनका लागि नाम प्रस्ताव गरेका छन् ।

भक्तपुरमा जारी एमालेको केन्द्रीय समिति बैठकमा ओलीले पदाधिकारीमा नअटाएका शीर्ष नेताहरूलाई समेटेर स्थायी कमिटी गठनका लागि नाम प्रस्ताव गरेका हुन् ।

स्थायी कमिटीका लागि प्रस्तावित सूचीमा एमाले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका भीम रावलको नाम छैन । तर, ओलीले उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाललाई भने स्थायी कमिटीमा समेटेका छन् ।

पदाधिकारीका अलावा शेरबहादुर तामाङदेखि भानुभक्त ढकालसम्मका नेता स्थायी कमिटीमा परेका छन् ।

सूची :– केपी शर्मा ओली– ईश्वर पोखरेल– अष्टलक्ष्मी शाक्य– सुरेन्द्र पाण्डे– सुवासचन्द्र नेम्वाङ– विष्णु पौडेल– युवराज ज्ञवाली– रामबहादुर थापा– शंकर पोखरेल– पृथ्वीसुब्बा गुरुङ– प्रदीप ज्ञवाली– विष्णुप्रसाद रिमाल– गोकर्ण विष्ट– छविलाल विश्वकर्मा– टोपबहादुर रायमाझी– पद्मा अर्याल– योगेश भट्टराई– रघुवीर महासेठ– लेखराज भट्ट– घनश्याम भुसाल– गुरु बराल– देवराज घिमिरे– भीम आचार्य– लालबाबु पण्डित– खगराज अधिकारी– किरण गुरुङ– काशीनाथ अधिकारी– रघुजी पन्त– भानुभक्त ढकाल– मणिचन्द्र थापा– शेरधन राई– कृष्णगोपाल श्रेष्ठ– यमलाल कँडेल– अग्नि खरेल – प्रभु साह– डा. राजन भट्टराई– सीता पौडेल– बिन्दा पाण्डे– गोरखबहादुर बोगटी– कर्णबहादुर थापा– राजेन्द्र गौतम– थममाया थापा– शेरबहादुर तामाङ– शिवमाया तुम्वाहाङ्फे– हिक्मत कार्की ।

शीर्ष समाचार

धेरै पढिएको