April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

सिन्धुपाल्चोकको बलेफीमा विवाहको बस दुर्घटना : चालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, बिञ्जेलमा विवाहको बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ ।जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी–६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ ।

बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतेहरुको सनाखत हुन बाँकी छ ।बलेफी–५ का स्थानीय सन्तोष भुजेलको बिवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजे दुर्घटनामा परेको हो ।

शीर्ष समाचार

धेरै पढिएको