January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

काँग्रेसका विभिन्न पदमा उम्मेदवारहरुको प्रथम नामावली (सूचीसहित)

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा शेरबहादुर देउवासहित विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ । उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिवेश्वरी शाह, विजयकुमार गच्छदार छन् । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् ।

Candidates-list-1st-list-2078.08.25-12.20pm

शीर्ष समाचार

धेरै पढिएको