January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

माओवादी चुनौति र अवसरको दोसाँधमा रहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी चुनौति र अवसरको दोसाँधमा रहेको बताएका छन् । शनिबार प्रदेश सम्मेलनको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा कमी कमजोरी रहेको भन्दै त्यसलाई सच्चाएर क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको बताएका हुन् ।

‘विश्वमा हाम्रोमात्रै पार्टी त्यस्तो ठाउमा छ जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामाना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडलको खोजी गर्नुछ’, प्रचण्डको भनाइ छ । उनले त्यस्तो नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको बताए ।

उनले एमालेलाई पञ्चर्यालीको संज्ञा दिदै भर्खरै सम्पन्न एमालेको महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्ति पूजाको कुरा गरिएको बताए । उनले नेपाली काँग्रेसको महाधिवेशन पनि हेरिरहेको भन्दै राष्ट्र कस्तो बनाउने भन्नेतिर काँग्रेसमा पनि बहस नभएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको