January 19, 2022, Wednesday
२०७८ माघ ५, बुधबार

प्रचण्ड र माधवको नामै लिएनन् ओलीले

काठमाडौं, मंसिर २४। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको १४औं महाधिवेशनमा बोल्ने क्रममा सभापति शेरबहादुर देउवाको नाम मात्र लिए ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको नाम लिएनन् ।

यसअघि प्रचण्ड र माधव नेपालले पनि ओलीको नाम लिएका थिएनन् । उनले बारम्बार नेपाली काँग्रेस र नेकपा एमालेको नाम लिएपनि नेकपा माओवादी केन्द्र र नेकपा एसको नाम लिएनन् । यी दुई दलको मुख्य अभिभारा देशका लागि भएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको