काठमाडौं, मङ्सिर २३ गते । वेबसाइट मापन गर्दै आएको साइट ‘एलेक्सा’ बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी ‘एलेक्सा’ सन् २०२२ को मे महिनाबाट पूर्णरुपमा बन्द हुने जनाएको छ ।

एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको अमेजनले वेबसाइटको र्याङ्क मापन गर्दै आएको एलेक्सा विगत २५ वर्षदेखि सञ्चालनमा रहेको थियो ।एलेक्साले जुनसुकै वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटको र्याङ्किङ मापन गर्दै आएको थियो ।








