
बिरगंज, बिरगंजमा मङ्सिर २२ गतेबाट भेरोसेल र कोभिशिल्ड खोप लगाउँदै आएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा १८ बर्ष माथिकोलाई बुधबार र बिहिवार बिहान १० बजेदेखि ३:३० बजेसम्म लगाएको हो ।
ग्रीन सिटि अध्यक्ष प्रकाश खेतानका अनुसार २४ गते शुक्रबार पनि सोही समयमा खोप लगाइँदै छ । उनले समुदायमा खोप लगाउन छुटेका स्थानीयलाई सेवा केन्द्रमा आई सेवा लिन आग्रह गरेका छन् ।












