January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

सशस्त्रमा ‘इन्स्पेक्टर’हरूमाथि अन्याय : १६ वर्षदेखि एकै पदमा !

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरू १६ वर्षदेखि एउटै पदमा अड्किरहँदा माथिल्लो तह प्रहरी नायब उपरीक्षक (डीएसपी)मा भने पद रिक्त छ ।सशस्त्रका सि.सं. ६ अर्थात् २०६२ सालमा भर्ना भएका प्रहरी निरीक्षकहरू अहिलेसम्म पनि प्रहरी निरीक्षकमै छन् । माथिल्लो दर्जामा भने ५६ जना डीएसपीको पद खाली छ ।

त्यसभन्दा माथि पनि ११ जना एसपीको पद खाली रहेको एपीएफ स्रोतले लोकान्तरलाई जानकारी दियो ।सशस्त्रमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीण श्रेष्ठले असार महिनामा तत्कालीन सरकारले समय थप नगरेपछि उमेर छँदै कार्यावधि पुगेर अनिवार्य अवकाश पाएका थिए । त्यसयता एउटा डीआईजीको पद खाली छ ।

१४ गते सशस्त्र प्रहरी उपरीक्षकहरू प्रवीण कँडेल, विष्णुप्रसाद भट्ट, दिग्विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमलप्रसाद तिम्सिना, निरकृष्ण अधिकारी, सुधीरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल र दीपेन्द्र कुँवर सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि ११ जना एसपीको पद पनि खाली भएको हो ।

अघिल्लो वर्षको माघ ५ मा १६ जना डीएसपी एसपीमा बढुवा भएपछि खाली भएको ५६ जना डीएसपीहरूको पद भने अझै खाली छ ।१६/१६ वर्षदेखि एउटै पदमा कार्यरत रहेका कतिपय इन्स्पेक्टरले जागिर छाडिसकेका छन् भने कतिपय जागिर छाड्ने मनस्थितिमा छन् ।

‘१६ वर्ष भयो एउटै दर्जामा बसेको करिअर प्लानिङ नहुँदा हामीजस्ता कतिपय साथीहरूले त राजीनामा दिएर गइसके,’ एक इन्स्पेक्टरले लोकान्तरसँग भने, ‘अब त सेवा अवधिभरि नै इन्स्पेक्टरबाटै घर गइन्छ कि जस्तो लाग्दैछ ।’

यसबारे प्रतिक्रिया लिन खोज्दा सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मन्दीप श्रेष्ठ आफूलाई केही थाहा नभएको भन्दै पन्छिए ।‘यो त माथिको कुरा हो, मलाई थाहा हुँदैन,’ उनले लोकान्तरसँग भने ।

२०६० सालमा भर्ना भएका एसएसपी, २०६२ सालमा भर्ना भएका अझै इन्स्पेक्टर

२०६० सालमा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको सि.सं. २ को टोलीका अधिकृतहरू अहिले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भइसकेका छन्, तर २ वर्ष ढिला इन्स्पेक्टरमा भर्ना भएको टोली भने अहिलेसम्म इन्स्पेक्टरमै अड्किएर बसेको छ ।

‘सशस्त्रमा माथिल्लो निकायले करियर प्लान बनाएर तलकालाई म्यानेज गर्नुपथ्र्यो, उहाँहरूले गर्नुभएन,’ एक प्रहरी निरीक्षकले लोकान्तरसँग भने, ‘उहाँहरूको ध्यान को आईजी हुने, को एआईजी हुने भन्नेमै छ ।’

सशस्त्रको नेतृत्वले करियर प्लानिङको खाका नै गृह मन्त्रालयमा नलैजाँदा यस्तो अवस्था आएको उनको गुनासो छ ।

सशस्त्र एक उच्च अधिकारीका अनुसार संगठनभित्र तलका कर्मचारीलाई व्यवस्थापन गर्ने विषयमा बेला–बेलाका कुरा उठे पनि चाकडी गरेर आफूमाथि आउने ध्याउन्नले यस्तो समस्या आएको हो ।लाेकान्तरबाट

‘यहाँ संगठनको हित हुने कुरा कसैले गर्दैन । कसरी चाकडी गरेर आफू माथि आउन सकिन्छ भन्ने मात्रै ध्यान छ,’ ती अधिकारीले लोकान्तरसँग भने । file photo

शीर्ष समाचार

धेरै पढिएको