January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

काठमाडौं, राजधानीमा पहिलोपटक काठमाडौं स्तरीय (काठमाडौं, भक्तपुर र ललितपुर) जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबार अनामनगरस्थित युनियन हाउसमा  उक्त कार्यक्रम सम्पन्न भएको हो ।

काउन्सिलको आचारसंहितासम्बन्धि निर्देशिकामध्ये जेष्ठ नागरिकमैत्री सञ्चार निर्माणको चरणमा रहेकोले यो पहिलो प्राथमिकतामा रहेको जानकारी गराइएको थियो ।

वरिष्ठ पत्रकारहरुलगायत नयाँ पुस्ताका पत्रकार समेतको सहभागिता रहेको सो कार्यक्रममा उनीहरुले आफ्ना प्रश्न तथा गुनासो राखेका थिए । गुनासो राख्ने क्रममा पत्रकारहरुले सञ्चारमाध्यमको वर्गीकरण सुनुवाइको अभाव र काउन्सिलले गरेको गैरजिम्मेवार कामप्रति ध्यानाकर्षण गराउँदै एकिन तथ्यांक तथा रेकर्ड खोज्न सुझाव दिएका छन् ।

यसैगरी काउन्सिलले पत्रकारिता तथा सञ्चारमाध्यममा बढ्दो नकारात्मक पक्षको खण्डन गर्दै सकारात्मकतर्फ अघि बढ्न प्रोत्साहन गरेको छ ।

सोही अवसरमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका मिडियामाथि धेरै प्रश्न उठने गरेकाले चुनौतीका पहाड चिर्दै अघि बढ्ने बताए । उनले पत्रकार आचारसंहिताले गर्न हुँदैन भनेको कार्यलाइ गर्ने परिपाटीले पत्रकारिता बदनाम बन्दै गएको बताए ।

पत्रपत्रिकाको वर्गीकरण लामो समयसम्म रोकिदा स्वरोजगारमुलक पत्रिकालाई समस्या परेकाले वर्गीकरणको नतिजा छिट्टै आउने स्पष्ट पारे । अध्यक्ष बस्नेतले अनलानलाई थप व्यवस्थित गर्न काउन्सिल निरन्तर लागेको, विना दर्ता चलेका अनलाइनलाई दर्ताको लागि ताकेता हुने गरेको, युट्युवको कानुन नभएपनि काउन्सिलले विषयवस्तु हेरेर कारबाही गर्दै आएको उल्लेख गरेका ।

काउन्सिलका सदस्य चिरञ्जीवि मास्केले उपत्यकाका पत्रकार भन्दा मोफसलका पत्रकार बढी जिम्मेवार भएको अनुभव राखे । पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईँले देशको समग्र पत्रकारितालाई उपत्यकाले प्रतिनिधित्व गर्ने भएकाले जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे ।

शीर्ष समाचार

धेरै पढिएको