
विदेशमा रहेका महिलाहरु नेपाली पुरुषहरु बाटै असुरक्षित हुने गरेका विभिन्न घटनाक्रमहरु बेला बेला बाहिर आउने गरेका छन् ।मजदुरीकाे शिलशिलामा विभिन्न देशहरूमा कार्यरत केही महिलाहरु र केहि नेपाली पुरुषहरु फरक फरक तरिकाबाट हिंसामा परेको गुनासोहरु सुनाउने गर्छन् ।खाडि मुलुक या अन्य मुलुकमा कार्यरत केहि महिलाहरुलाई कतिपय पुरुषहरुले अस्वभाविक रुपमा सम्बन्ध गाँसेर विभिन्न हिंसाहरु गर्दै आएको पीडा सुनाउने महिलाहरुकाे संख्या धेरै बढ्न थालेको छ ।
यस्तै घटनाक्रम बाट पीडित एक महिला (परिवर्तित नाम दिपा)ले आफूलाई दक्षिण काेरियामा सुरेश खत्री नामका व्यक्तिले विभिन्न तरिकाबाट हिंसा गरेको बताइन् । खत्रीले आधा रातमा फाेन गरेर जे पायो त्यहि भन्ने ,गाली गर्ने तथा गलत नियतले बाेल्ने गरेको र उक्त व्यक्ति बाट आफू पीडित बनेको र मानसिक यातना दिएको बताइन् सुरेशकाे उक्त हर्कतले आफ्नाे आत्मा सम्मानमा चाेट पुगेकाे दिपाले बताएकी छन् ।
सुरेशले अन्य केही महिलाहरुलाई पनि फाेन गरि जथाभावी बाेल्ने र यस्तैखाले कार्यहरु गरेकाे पाइएकाे छ । उक्त गतिविधिका केही प्रमाणहरु फेला परेका छन् आवश्यकता परेमा सार्वजनिक हुनेछ ।
त्यी महिला लाई याे भन्दा पहिलेकाे समयमा पनि सुरेसले रातिकाे समयमा फाेन गर्ने गरेकाे र दिपाले अति आवश्यक काम नभइ कल नगर्न र रातिकाे समयमा अनुमतिबिना फाेन नगर्न खत्रीलाई अनुरोध गरेकाे तर नमानेकाे पिडित महिलाले बताइन् ।
खत्रीले रातकाे समयमा फाेन गरि कल रिसिभ नभए पछि असभ्य भाषा र हिंसात्मक खालकाे शब्द बाेलि कुनैपनि नारीलाई आत्मा सम्मानमा चाेट पुग्नेगरि हर्कत गर्नु, आधा रातकाे समयमा एउटी महिलालाई बिना अनुमति फाेन गर्नुपर्ने कारण के हुन सक्ला त ? केही पुरुषको यस्ता चरित्रले गर्दा महिलाहरुमा दुर्व्यवहार र मानसिक हींसा बढेकाे छ ।
खत्रिबाट पीडित महिलाहरुकाे संख्या अरु पनि रहेकाे र त्यी महिला आफ्नाे सम्पर्कमा आएकाे पनि दिपाले भनिन् । सुरेश बिरुद्ध आफु प्रमाण सहित कानुनी उपचारमा जाने समेत दिपाले बताईन् ।






