January 21, 2022, Friday
२०७८ माघ ८, शनिबार

आर आर क्याम्पस एम.ए नेपाल भाषा पढाउने दास्राे क्याम्पस बन्याे

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा शुक्रबार एक सभाहलबाट ओरेन्सतन कार्यक्रम पश्चात हिजाे आइतबारबाट विधिवत् रुपमा एम.ए. तहको नेपालभाषा शुरू भएको छ ।

शुक्रबार भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देशमा रहेका भाषा, संस्कृतिको संरक्षण सम्बर्द्वन गर्नु प्रदेश सरकार, स्थानीय सरकार तथा राज्यकै दायित्व तथा जिम्मेवारी रहेको जनाउँदै काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णय गरी पाँच बर्षको सम्झौता गरिसकेकाले विधिवत रूपमा अगाडि बढाउने प्रतिबद्वर्ता जारी गरे ।

विशेष अतिथि त्रिवि डिन प्रा।डा कुसुम शाक्यले नेपाल भाषाले भाषा मात्रै सिकाउँदैन साहित्य, संस्कृति, धर्म सिकाउने भएकाले नेपालभाषा जति चपायो त्यति रस आउने अथाह ज्ञानको भण्डार रहेको जनाउँदै भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुले आफ्नो दायित्व नभुलिकन अध्ययनमा जिम्मेवारी पूर्वक चौथो सेमेष्टर सम्म कक्षामा उपस्थित जनाएर अध्ययन गर्न आग्रह गर्दै शुभकामना समेत व्यक्त गरिन् ।


सो कार्यक्रममा नेवाः विध्यार्थी युनियनका सचिव प्रशान्त डंगोलले नेपाल भाषाको संरक्षण सम्बर्द्वन बृहत योजनाका साथ रितेश मल्ल, इन्द्रमान महर्जन, महेश्वर श्रेष्ठ, राजेश श्रेष्ठ, सुरोज तण्डुकार लगायतका अभियन्ता साथीहरूसँग मिलेर अगाडि बढिरहेकाले सबैको साथ पाउने आशा व्यक्त गरे ।

क्याम्पसका स्ववियूका अध्यक्ष टपेन्द्र जंग शाहीले नेपाल भाषालाई भोलिका दिनमा क्याम्पस प्रशासनले सहयोग गरिने जनाउँदै नेपाल भाषामा अवसर र चुनौती दुबै रहेकाले आउँदो पिढीलाई काठमाडौं खाल्डोमा बसेकाहरुलाई एकेडेमिक क्षेत्रमा चिनाउनमा विद्यार्थी साथीहरुको महत्वपूर्ण भूमिका रहेको जनाए ।

कार्यक्रमका सभापति डा।जीवन धर ज्ञवालीले नेपाल भाषा एम।ए। अभियान पूर्ण रूपमा सफल बनाउन रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल शिक्षक प्रा।डा। चन्द्रमान बज्रार्चाय लगायत विध्यार्थीहरुको अहम् रहेको जनाए । नेवाः विध्थार्थी युनियनका अध्यक्ष रिदेन महर्जनका अनुसार दिउँसाे ४ बजेदेखि सात बजे सम्म कक्षा हुने जानकारी गराए । दिउँसाे ३:३० बजेदेखि ७ः३० बजे सम्म कक्षा हुने जानकारी गराए ।

शीर्ष समाचार

धेरै पढिएको