June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । उनले खसेको मतको ५० प्रतिशत कटाइसकेका छन् । योसँगै उनी विजयी भएका छन् । यसको औपचारिक घोषणा हुन बाँकी छ ।

बानियाँले एक हजार ८५ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् ।पहिलो चरणमा ल्याएको ९९२ मतभन्दा बानियाँले एक सयभन्दा कम मत बढाएका छन् । केसीले भने पहिलो चरणमा भन्दा एक सयभन्दा बढी मत बढाएका छन् ।

भीमसेनदास प्रधानले पहिलो चरणमा प्राप्त गरेको १९७ मत दुवै उम्मेदवारलाई बराबर जस्तो बाँडिएको छ । प्रधानले बानियाँलाई सघाउने घोषणा गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको