May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

प्रदेश २ मा बुधबार विवाहपञ्चमीको सार्वजनिक बिदा

file photo

काठमाडौं, विवाहपञ्चमीको अवसरमा प्रदेश २ सरकारले
बुधबार सार्वजनिक बिदा दिएको छ । उक्त प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णयबमोजिम बुधबार सार्वजनिक विदा दिइएको हो ।

शुक्रबारबाटै प्रारम्भ भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधबार मुख्य दिन वैवाहिक कार्यक्रम आयोजना गरिएको छ ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन र शनिबार फूलबारी लीला मनाइएको छ भने आइतबार धनुष यज्ञ मनाइँदैछ ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिकाले समेत विवाहपञ्चमीको अवसरमा नगरभित्रका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको